• १६ पुस २०८२, बुधबार

करदाता सेवा कार्यालयमा तालाबन्दी

blog

नागरिक समाजका अध्यक्ष जगन्नाथप्रसाद केसरीको नेतृत्वमा करदाता सेवा कार्यलय गौरमा तालबन्दी गर्दै उद्योगी, व्यवसायी । तस्बिरः प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा 

रौतहट, पुस १६ गते। नेपाल सरकारले रौतहट सदरमुकाम गौरस्थित करदाता सेवा कार्यालय खारेज गर्ने गरेको निर्णयविरुद्ध रौतहटका उद्योगी व्यवसायीले गरेको सर्वपक्षीय एवं सर्वदलीय आन्दोलनको तेस्रो दिन बुधबार करदाता सेवा कार्यालय गौरमा तालाबन्दी भएको छ।

नागरिक समाजका अध्यक्ष जगन्नाथप्रसाद केसरीको नेतृत्वमा उद्योगी व्यवसायीहरूले बुधबार करदाता सेवा कार्यालय गौरमा ताला लगाएका हुन् । गौरमा रहेका करदाता सेवा कार्यालयलाई बाराको सिमरामा स्थानान्तरण गर्ने नेपाल सरकारको निर्णयविरुद्ध उद्योगी व्यवसायीलाई यहाँका नागरिक समाज, राजनीतिक दल, निर्माण व्यवसायी सङ्घले समर्थन जनाएर प्रदर्शनमा सघाइरहेका छन् ।

नागरिक समाज रौतहटका अध्यक्ष केसरीको नेतृत्वमा सङ्घर्षका कार्यक्रम अघि बढाइएको रौतहट उद्योग वाणिज्य सङ्घका अध्यक्ष रबिन्द्रनाथ गोपालीले जानकारी दिनु भयो। शुक्रबारसम्म कार्यालयमा तालाबन्दी रहने र त्यसपछि बजार बन्द गरेर आन्दोलनका कार्यक्रम जारी रहने उद्योग वाणिज्य सङ्घ रौतहटका अध्यक्ष गोपालीले बताउनु भयो । कार्यालयको आफ्नै भवन रहेकाले आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै उद्योगी, व्यवसायीहरू आन्दोलनरत छन् ।