लिमा, पुस १६ गते । पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् । मृतक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्टि गरेको छ ।
अधिकारीले घाइते यात्रुको पहिचान गरिरहेको बताएका छन् । धेरै जसो घाइते विदेशी पर्यटक रहेका छन् भने अधिकांशको अवस्था गम्भीर रहेको छ । घटना स्थलबाट यात्रुले पठाएको भिडियोमा घाइतेहरू रेलको पटरिमा लडेका छन् ।
दुर्घटना स्थलमा चिकित्सक पुगेर उपचार सुरु गरेका थिए । प्रहरीले घाइते यात्रुलाई स्ट्रेचरमा राखेर उपचारका लागि सारिरहेको बताइएको छ । उक्त ऐतिहासिक स्थलमा दैनिक करिब चार हजार ५०० पर्यटक भ्रमण आउने गर्छन् ।
पर्यटक रेल र बस प्रयोग गरेर उच्च एन्डिज पहाडमा पुग्छन् । रेल सञ्चालन गर्ने निकायका अनुसार पेरू रेलको रेलले अर्को रेलसँग ओलान्तायटम्बो र पहाडमा रहेको प्रमुख स्थल जोड्ने एकल पटरिमा दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलाइएको छैन । रासस/एएफपी