बाटोर(मङ्गोलिया), पुस १६ गते । मङ्गोलियन सरकारले बुधबार दक्षिण कोरियाका नागरिकलाई मङ्गोलियाको छोटो अवधिको भ्रमणमा सन् २०२६ को अन्त्यसम्म भिसा छुट प्रवेश विस्तार गर्ने निर्णय गरेको जनाएको छ ।
यो निर्णय “मङ्गोलिया भ्रमण गर्ने वर्ष” पर्यटन कार्यक्रमको भित्र देशमा सिजनको पर्यटनको विकासलाई बढावा दिने र थप विदेशी पर्यटकलाई आकर्षित गरेर पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्ने सरकारको प्रयासको एक हिस्सा भएको वज्ञप्ति मार्फत जनाइएको छ । हाल मङ्गोलियाको अर्थतन्त्र खानी क्षेत्र र खनिज स्रोतको निर्यातमा निर्भर छ ।
तसर्थ, दिगो पर्यटन विकास गरी देशको अर्थतन्त्रलाई विविधीकरण गर्न र विश्वव्यापी प्रतिस्पर्धाको सन्दर्भमा पर्यटनको प्रतिस्पर्धा बढाउनका लागि पर्यटनलाई प्राथमिकतामा राखेको सरकारले जनाएको छ । मङ्गोलियन पर्यटन सङ्गठनका अनुसार मङ्गोलियाले सन् २०२५ मा कुल आठ लाख ४६ हजार १०३ विदेशी पर्यटकलाई स्वागत गरेको छ ।
जुन अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले बढी हो । सन् २०२८ सम्म, मङ्गोलियाले आधिकारिक आदर्श वाक्य “गो मङ्गोलिया”(आधिकारिक आदर्श वाक्य) अन्तर्गत पर्यटन क्षेत्रलाई सहयोग गर्ने आफ्नो नीतिको एक हिस्साको रूपमा २० लाख विदेशी पर्यटक भित्र्र्याउने योजना बनाएको छ । रासस/सिन्ह्वा