शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जेरूशलेम, पुस १६ गते । इजरायली कब्जा बल (आइओएफ)ले बुधबार कब्जा गरिएको वेस्ट ब्याङ्कमा छापा मारी चार प्यालेस्टिनी सर्वसाधारणलाई पक्राउ गरेको छ । आइओएफले तीन जना प्यालेस्टिनी युवालाई तुलकार्म प्रान्तको पूर्वमा रहेको काफ्र अल-लाबाद सहरमा उनीहरूको घरमा छापा मारेर पक्राउ गरेको वफा समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।
आइओएफले बेइट फज्जर सहरमा एक जना प्यालेस्टिनीलाई पक्राउ गर्नुका साथै छिमेकमा अन्य धेरै घरमा छापा मारेको जनाइएको छ । यी गिरफ्तारी वेस्ट ब्याङ्कभरि आइओएफले गरेको दैनिक छापाको एक हिस्साको रूपमा आएको छ, जसमा प्यालेस्टिनीलाई बारम्बार पक्राउ गरिन्छ र उनीहरूको घरमा छापा मारिन्छ । रासस/क्यूएनए