• १६ पुस २०८२, बुधबार

चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

blog

वेन्चाङ, हैनान, पुस १६ गते । चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बुधबार दुई नयाँ उपग्रह सफलतापूर्वक कक्षमा पठाएको छ । ‘शिजियान-२९ए’ र ‘शिजियान-२९बी’ नामका उपग्रह बिहान ६:४० बजे (बेइजिङ समय) लङ मार्च-७ए वाहक रकेटमार्फत प्रक्षेपण गरिएका हुन् । 

प्रक्षेपणपछि दुवै उपग्रह तोकिएको कक्षमा सफलतापूर्वक प्रवेश गरेका छन् । शिजियान-२९ए र शिजियान-२९ बी चीनद्वारा प्रक्षेपण गरिएका प्रायोगिक (टेस्ट) उपग्रह हुन्, जसको मुख्य उद्देश्य अन्तरिक्ष लक्ष्य पहिचान र अनुगमनसँग सम्बन्धित नयाँ प्रविधिको परीक्षण तथा प्रमाणीकरण गर्नु हो । 

यी उपग्रह लङ मार्च-७ ए रकेटमार्फत वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट कक्षामा पठाइएका हुन् र भविष्यका उन्नत अन्तरिक्ष प्रणाली विकासका लागि प्रविधिक डेटा सङ्कलनमा प्रयोग गरिन्छ । यी परीक्षणबाट प्राप्त अनुभव र डाटाले भविष्यका निगरानी, अन्तरिक्ष सुरक्षा, कक्ष व्यवस्थापन र उन्नत अन्तरिक्ष प्रणाली विकासमा महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ । 

यी उपग्रह मुख्यतः अन्तरिक्ष लक्ष्य पहिचानसँग सम्बन्धित नयाँ प्रविधिको परीक्षणका लागि प्रयोग गरिने बताइएको छ । यस प्रक्षेपणसँगै लङ मार्च शृंखलाका वाहक रकेटको कुल उडान सङ्ख्या ६२३ पुगेको छ । रासस/सिन्ह्वा