विनय कर्ण
कल्याणपुर (सप्तरी), पुस १५ गते । विवाहको प्रलोभन देखाई नाबालिका बलात्कार गरेको आरोपमा एक १७ वर्षीय युवक पक्राउ परेका छन् ।
बिहेको प्रलोभन देखाएर ललाई फकाई शनिबार किशोरीसँग बलात्कारको घटना भएपछि आइतबार ती किशोरलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको हो ।
सोमबार सप्तरी जिल्ला अदालतबाट जबजस्ती करणी मुद्दामा सात दिनको म्याद थपेर आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुरी पुरीले जानकारी दिनुभयो ।
पीडित बालिकाले घटनाबारे घरमा जानकारी गराएपछि अभिभावकले पीडकविरुद्ध किटानी जाहेरी दिएपछि नबालकलाई हिरासतमा राखेर जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले उहाँले बताउनु भयो ।
पीडित बालिकाको स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण र उपचार गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।