• १५ पुस २०८२, मङ्गलबार

बहुविवाह मुद्दाका फरार महिला प्रतिवादी पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय सप्तरी । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
राजविराज, पुस १५ गते ।
बहुविवाह मुद्दामा कैद तथा जरिवानाको फैसला भएपश्चात फरार रहेकी एक महिला प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले कवितादेवी सरदारलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार कञ्चनरुप नगरपालिका वडा नं ५ पथरी टोल निवासी सरदार अदालतको फैसला पश्चात फरार रहेकी थिइन् । सप्तरी जिल्ला अदालतले उनलाई बहुविवाह मुद्दामा दोषी ठहर गरी एक वर्ष पाँच महिना १६ दिन कैद तथा १५ हजार रुपियाँ जरिवानाको फैसला सुनाएको थियो ।

पक्राउ परेकी सरदारलाई  सोमबार  सप्तरी जिल्ला अदालत, राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले  फरार प्रतिवादीहरूको खोजतलास र फैसला कार्यान्वयनलाई निरन्तरता दिँदै आएको छ ।