• २६ मङ्सिर २०८२, शुक्रबार

ठक्करबाट एकको मृत्यु, एकजना घाइते

blog

बिकास अधिकारी

पश्चिम नवलरासी, मंसिर २५ गते । पश्चिम नवलपरासीको सुनवलमा आज बिहान टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल –४ को कृष्ण मन्दिर अगाडि लु ३१ प ७५३१ नम्बरको मोटरसाइकललाई लु २ ख ३५४२ नम्बरको टिप्परले ठक्कर दिएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका १८ वर्षका दुर्योधन यादवको मृत्यु भएको छ । मोटरसाइकल चालक रमानन्द महरा चमार घाइते भएका छन् । पर्साको छपहरा गाउँपालिका घर भएका दुवै जना सुनवलमा रहेको सर्वोत्तम सिमेन्ट उद्योगमा काम गर्देआएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका यादवको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकललाई ठक्कर दिएर फरार भएको टिप्पर र चालक सुनवल –१ बस्ने धुव्र सुनारलाई प्रहरीले दिउँसो सुनवल बजारमा रहेको बिएण्डबि ग्यारेजबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डिएसपी) विरदत्त पन्तले जानकारी दिनुभयो ।