• २५ मङ्सिर २०८२, बिहिबार

अफगानिस्तान अधिकारीद्वारा शरणार्थीलाई सहयोग गर्ने सहायता संस्थासँगको सम्झौतामा हस्ताक्षर

blog

काबुल, मङ्सिर २५ गते । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका अधिकारीले शरणार्थी र आन्तरिकरूपमा विस्थापित परिवारलाई सहयोग गर्न नर्वेजियन अन्तर्राष्ट्रिय सहायता संगठनसँगको सम्झौता (एमओयू)मा हस्ताक्षर गरेको छ ।

सम्झौताअन्तर्गत, उत्तरी प्रान्त फरयाबमा दुई हजार २३१ व्यक्तिलाई सहयोग गर्न तीन लाख दश हजार अमेरिकी डलरभन्दा बढी छुट्याइने मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । सहयोगबाट कोषले स्वास्थ्य सेवालगायतका अन्य अत्याआवश्यक सामाजिक समर्थन प्रदान गर्नमा ध्यान केन्द्रित गर्ने जनाइएको छ ।

यसै गरी अफगानिस्तान राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले बुधबार घरेलु सहायता एजेन्सीसँग छुट्टै चार लाख ६२ हजार डलरको सम्झौता गरेको छ । जसको उद्देश्य पूर्वी प्रान्त पंक्तिकाका बासिन्दामा विपद जोखिम व्यवस्थापनका बारेमा चेतना जगाउनु तथा उनीहरुको उचित व्यवस्थापन गर्नु हो । रासस/सिन्ह्वा