• २५ मङ्सिर २०८२, बिहिबार

च्याम्पियन्स लिग : आर्सनल र सिटी विजयी

blog

बल खोस्ने प्रयास गर्दै आर्सनल र क्लब ब्रुगका खेलाडी । तस्बिर : रोयटर्स

काठमाडौँ, मङ्सिर २५ गते । इङ्लिस क्लब आर्सनल र म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगमा आफ्नो विजयी यात्रा जारी राखेका छन् । 

बुधबार राति भएको खेलमा आर्सनलले बेल्जियमको क्लब ब्रुगलाई ३–० गोलले हरायो । यस्तै अर्को खेलमा म्यानचेस्टर सिटीले स्पेनिस टोली रियल म्याड्रिडलाई २–१ गोलले हरायो । 

पाहुना टोली आर्सनललाई जित दिलाउन नोनी मेडुकेले दुई र गाब्रियल मार्टिनेलीले एक गोल गर्नुभयो । यस्तै घरेलु मैदानमा रियललाई स्तब्ध बनाउन सिटीका निको ओ’ रेली र एर्लिङ हालान्डले गोल गर्नुभयो । रियालका रोड्रिगोको गोल सान्त्वना बन्यो । 

बुधबार नै भएको अन्य खेलमा बेन्फिका नापोली तथा युभेन्टसले पाफोसलाई २–०, आयक्सले काराबागलाई ४–२ र कोपनहेगनले भियारियाललाई ३–२ गोलले हरायो । 

यस्तै लेभरकुसन न्युक्यासल युनाइटेड तथा बोरुसिया डर्टमन्ड बोडो र गिल्मटसँग २–२ तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) एथलेटिक क्लब बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएको छ । एजेन्सी