शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर २५ गते । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुँदैछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा साँझ ४:०० बजे सुरु हुने खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । सुदूरपश्चिम रोयल्स यसअघि फाइनलमा पुगिसकेको छ ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।
लुम्बिनी एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई चार विकेटले हराएर दोस्रो क्वालिफायरमा पुगेको हो । लिग चरणमा लुम्बिनीले विराटनगरलाई पाँच विकेटले हराएको थियो ।
आज विराटनगरलाई लुम्बिनीसँग बदला लिने मौकासमेत छ । आजको विजेता र सुदूरपश्चिमबिच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।