• २० मङ्सिर २०८२, शनिबार

सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

blog

कञ्चनजङ्घा सेसेलुङ महिला गोल्ड कपको फाइनलमा प्रवेश गरेका फुङलिङ नगरपालिका खेलाडीहरू । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू 
फुङलिङ, मङ्सिर २० गते ।
ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन गाउँपालिका र फुङलिङ नगरपालिकाबिच प्रतिस्पर्धा हुने भएको छ । शनिबार हुने फाइनल खेलमा मेरिङदेन र फुङलिङ आमने सामने हुने भएको हो ।

बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाथीभरा याङवरक गाउँपालिकालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै मेरिङदेन फाइनलमा प्रवेश गरेको हो । यस्तै फुङलिङले बुधबार सम्पन्न भएको पहिलो सेमिफाइनलमा मैवाखोला गाउँपालिकालाई २–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

प्रतियोगिताको विजेताले नगद दुई लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।