• २० मङ्सिर २०८२, शनिबार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, मङ्सिर २० गते । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ६८ पैसा र बिक्रीदर १४४ रुपियाँ २८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपियाँ ३४ पैसा र बिक्रीदर १६८ रुपियाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपियाँ ५५ पैसा र बिक्रीदर १९२ रुपियाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपियाँ ८३ पैसा र बिक्रीदर १७९ रुपियाँ ५८ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपियाँ २९ पैसा र बिक्रीदर ९५ रुपियाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपियाँ ०६ पैसा र बिक्रीदर १०३ रुपियाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपियाँ ९१ पैसा र बिक्रीदर १११ रुपियाँ ३७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २६ पैसा र बिक्रीदर नौ रुपियाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ३२ पैसा र बिक्रीदर २० रुपियाँ ४१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ २९ पैसा र बिक्रीदर ३८ रुपियाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ४२ पैसा र बिक्रीदर ३९ रुपियाँ ५८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५१ पैसा र बिक्रीदर चार रुपियाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ १२ पैसा र बिक्रीदर ३९ रुपियाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ९५ पैसा र बिक्रीदर ३५ रुपियाँ १० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७५ पैसा र बिक्रीदर नौ रुपियाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ २६ पैसा र बिक्रीदर १५ रुपियाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ४१ पैसा र बिक्रीदर २२ रुपियाँ ५० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४६ पैसा र बिक्रीदर १८ रुपियाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपियाँ १४ पैसा र बिक्रीदर ४७० रुपियाँ ०९ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपियाँ १४ पैसा र बिक्रीदर ३८२ रुपियाँ ७३ पैसा , ओमनी रियाल एकको खरिददर ३७३ रुपियाँ १९ पैसा र बिक्रीदर ३७४ रुपियाँ ७५ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस