• १९ मङ्सिर २०८२, शुक्रबार

प्रदेश सरकारप्रति जनता आशावादी छन् : मुख्यमन्त्री शाह

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह।

अविनाश चौधरी

धनगढी, मङ्सिर १९ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहाडी जिल्लाका जनता प्रदेश सरकारप्रति आशावादी रहेको बताउनु भएको छ । 

नेपाल प्रेस युनियनले आज आयोजना गरेको एक कार्यक्रममा उहाँले सातै पहाडी जिल्लाको आफ्नोे भ्रमणको क्रममा जनता प्रदेश सरकारप्रति आशावादी रहेको पाएको बताउनु भएको हो । पहाडी जिल्लाको वास्तविक अवस्था बुझ्न उहाँले केही दिन अगाडि पहाडी जिल्लाको स्थलगत भ्रमण र अवलोकन गर्नु भएको थियो । अवलोकनपछि पहाडको वास्तविक अवस्था बुझ् मद्दत मिलेको उहाँको भनाइ छ । 

उहाँले दुर्गम क्षेत्रका चुनौती, विकासको आवश्यकता र जनताको अपेक्षा नजिकबाट अनुभव गर्न गाउँगाउँ उल्लेख गर्दै थप्नुभयो, “अहिले पहाडी बस्तीसम्म सडक सञ्जाल पुगिसकेको छ, । प्रदेश सरकारको लगानीमा गाउँगाउँमा सडक पुगेका छन् । जनता प्रदेश सरकारप्रति आशावादी छन् ।”

प्रदेश संरचनाका बारेमा केही भ्रमहरू सिर्जना भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले लोकतन्त्रको संरक्षण गर्नमा पत्रकारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय विवादका बिषयमा केही नीतिगत सुधार अघि बढाइएको भन्दै उहाँले आफ्नो नेतृत्वमै सुधार हुने उल्लेख गर्नुभयो।