• १९ मङ्सिर २०८२, शुक्रबार

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

blog

तस्बिर : एनपिएल

काठमाडौँ, मङ्सिर १९ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार जारी खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३३ रनको चुनौती दिएको छ । 

कीर्तिपुरस्थित मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १३२ रन बनाएको हो । 

जनकपुरका लागि सङ्गीत कुरेले नटआउट सर्वाधिक ४५ रन बनाउनुभयो भने मयन यादव २७ रन थप्नुभयो । ओपनर आशिफ शेखले २० रन जोड्दा सञ्जय कृष्णमूर्तिले १४ रन बनाउनु भयो। 

जनकपुरलाई सस्तैमा समेट्न लुम्बिनीका लागि रोहित पौडेल र शेर मल्लले समान दुई, दुई विकेट हात पार्दा रुबेन ट्रम्पपेलम्यान र जेजे स्मिथले एकएक विकेट हात पार्नु भयो । 


छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न आजको खेल जित्नु पर्ने दबाब छ । आजको खलमा लुम्बिनी विजयी भए एनपिएलको यो सिजनाबाट पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरने छन् । आजको  खेलमा जनकपुर विजयी भए अङ्कतालिका रोमाञ्चक हुने छ । जनकपुरको हालसम्म पाँच खेलबाट दुई अङ्क मात्रै छ ।

त्यसपछि अन्तिम खेल बाँकी भएकाले कर्णालीबाहेक सबै टोलीको प्लेअफ सम्भावना जीवित रहने छ । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स अविजित रहँदै १२ अङ्कका साथ पहिलो क्वालिफायरका लागि छनोट भइरहेको छ ।  काठमाडौँ गोर्खाज र विराटनगर किङ्ग्स प्लेअफमा सुरक्षित छन् । कर्णाली याक्स भने यसअघि नै बाहिरिसकेको छ ।