शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कोलम्बो, मङ्सिर १९ गते । हालै आएको विनाशकारी मौसमी प्रकोपका कारण श्रीलङ्का भरि करिब ८५ प्रतिशत विद्युत आपूर्ति बन्द भएको श्रीलङ्का सिलोन विद्युत बोर्ड (सिइबी)ले जनाएको छ ।
सिइबीका उप-महाप्रबन्धक नोएल प्रियन्थाका अनुसार प्राकृतिक विपत्तिबाट सिर्जित क्षतिका कारण देशका झन्डै ७० लाख विद्युत उपभोक्ता मध्ये ३९ लाखभन्दा बढीको सेवामा अवरोध आएको हो । उहाँले अधिकांश विद्युत जडान पुनः स्थापित भइसकेको र बाँकी जडानलाई छिट्टै सञ्चालनमा ल्याउने काम भइरहेको जानकारी दिनुभयो ।
सिइबीका अनुसार आपतकालीन अवस्थाका क्रममा १६ हजार ७७१ ट्रान्सफर्मर सेवा बाहिरिएका थिए । त्यस मध्ये १४ हजार ५४९ ट्रान्सफर्मर मर्मत तथा पुनस्र्थापना भइसकेको र बाँकी उपकरणलाई यथाशीघ्र सञ्चालनमा ल्याइने तयारी भइरहेको सिइबीले जनाएको छ । रासस/सिन्ह्वा