जयकृष्ण यादव
इनरुवा, मङ्सिर १९ गते । सुनसरीको हरिनगर गाउँपालिका-३, गौतमपुर स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सम्पन्न भएको शिविरमा दुई सय १५ जनाले स्वास्थ्य सेवा लिएका छन् । ग्लोबल कार्डियो हस्पिटल भोक्राहा नरसिंहको आयोजना तथा स्वास्थ्य चौकी गौतमपुरको समन्वयनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।
शिविरमा स्त्री रोगसम्बन्धी विशेषज्ञ सेवा, इसिजी,एक्सरे सेवा, हाडजोर्नी तथा नासा, आँखा परीक्षण, न्युरो, मानसिक समस्या भएकालाई मनोपरामर्श र विभिन्न स्वास्थ्य सम्बन्धी परामर्श तथा अन्य सामान्य उपचार र निःशुल्क औषधी वितरण सेवा समेत प्रदान गरिएको जनाएको छ ।
ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको अस्पतालका प्रशासन शाखाका तोया गिरीले जानकारी दिनुभयो । शिविरमा विषेशज्ञ चिकित्वकहरू र स्वास्थ्यका स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका थिए । शिविरमा उक्त क्षेत्रका दुई सय १५ नागरिकले स्वास्थ्य सेवा लिएको अस्पतालका गिरीले जानकारी दिनुभयो ।
सरकारी तथा नीजि नियमित कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवाबाट वञ्चित रहेका ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको थियो ।
सुनसरीको हरिनगर गाउँपालिका-३, गौतमपुर स्वास्थ्य चौकीमा सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकले बिरामी परिक्षण तथा परामर्श दिनुहुँदै । तस्बिर : जयकृष्ण यादव