• १९ मङ्सिर २०८२, शुक्रबार

सार्क सक्रिय बनाऔँ

blog

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) दक्षिण एसियाका आठ मुलुकको साझा मञ्च हो । सार्कमा भारत, पाकिस्तान, अफगानिस्तान, नेपाल, बङ्गलादेश, भुटान, श्रीलङ्का र माल्दिभ्स सदस्य छन् । यसका मुख्य खेलाडी भारत र पाकिस्तान हुन् । आणविक शक्ति सम्पन्न यी दुई मुलुकबिचको सम्बन्ध भने सहज छैन । त्यसको छाया सार्कमा परेको छ । एक दशकभन्दा लामो समयदेखि सार्क शिखर सम्मेलन हुन सकेको छैन । सन् २०१४ मा १८ औँ सार्क शिखर सम्मेलन नेपालमा भएको थियो । पालोका हिसाबले १९ औँ सार्क शिखर सम्मेलन पाकिस्तानमा हुनुपर्ने थियो । भारतमा त्यसै वर्ष आतङ्कवादी आव्रmमण भयो । भारतले यसको दोष पाकिस्तामाथि लगायो । पाकिस्तानले आरोप अस्वीकार ग-यो । तैपनि भारतले यसैलाई कारण बनाएर पाकिस्तानमा हुने भनिएको सार्कको १९ औँ शिखर सम्मेलनमा सहभागी नहुने निर्णयमा पुग्यो । भारत सहभागी नभएपछि त्यसयता अहिलेसम्म सार्क शिखर सम्मेलन हुन सकेको छैन । बङ्गलादेशको राजधानी ढाकामा सन् १९८५ डिसेम्बर ७ र ८ मा दक्षिण एसियाका तत्कालीन सात मुलुकको ऐतिहासिक शिखर सम्मेलनसँगै सार्कले औपचारिक रूप लियो । डिसेम्बर ८ मा सार्क बडापत्र जारी भयो र त्यसै दिनलाई सार्क स्थापना मानिन्छ । सार्क स्थापनाको पहिलो तीन दशक असाध्य व्रिmयाशील रहँदै सार्क प्रक्रियाले निरन्तरता पायो । नियमित जस्तै सार्क शिखर सम्मेलन हुँदै गए । सार्कका संस्थापक सात मुलुकमा पछि अफगानिस्तान थपिएर आठ वटा मुलुक भएपछि सार्कको विस्तारले नयाँ आकार ग्रहण ग-यो । सार्कप्रति विश्वका कतिपय विकसित मुलुक तथा सङ्गठनको सकारात्मक दृष्टिकोण रह्यो । पछिल्लो एक दशकभन्दा लामो समयदेखि शिखर सम्मेलनसमेत सम्पन्न गर्न नसकेर सार्कले यस क्षेत्रका जनतालाई निराश बनाएको छ ।

नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । लामो समयदेखि सार्कको शिखर सम्मेलन हुन नसक्दा नेपालले अध्यक्षता हस्तान्तरण गर्न पाएको छैन । अध्यक्ष राष्ट्र र सार्कको सचिवालयसमेत काठमाडौँमा रहेकाले शिखर सम्मेलन गराउन नेपालले लगातार प्रयास गरिरहेको छ । सार्कको अध्यक्ष भएका नाताले शिखर सम्मेलनका लागि नेपालले पटक पटक प्रयास गरेको छ । सार्कको बडापत्रमै सबै सदस्य राष्ट्रको सहमतिपछि मात्रै शिखर सम्मेलन हुने लेखिएको छ । सार्क क्षेत्रमा राम्रो राजनीतिक वातावरण नबनेकै कारण सार्क ओझेलमा परेको हो । सार्कलाई सक्रिय बनाउन गरिएका विभिन्न प्रयास भारतको अनिच्छाले सफल भएका छैनन्  । सन् २०१४ नोभेम्बरमा काठमाडौँमा सम्पन्न १८ औँ शिखर सम्मेलनले १९ औँ सम्मेलन पाकिस्तानको राजधानी इस्लामाबादमा सन् २०१६ को नोभेम्बरमा गर्ने निर्णय गरेको थियो । निर्धारित शिखर सम्मेलनभन्दा तीन महिना अगाडि सन् २०१६ सेप्टेम्बर १८ मा भारतमा भएको आतङ्कवादी आव्रmमणले सम्मेलन प्रभावित हुन पुग्यो । जम्मु काश्मीरको उरीमा १८ जना भारतीय सैनिक मारिने गरी भएको आक्रमणपछि भारतले त्यसको दोष पाकिस्तानलाई लगाएर इस्लामाबादमा हुने शिखर सम्मेलनमा सहभागी नहुने जनायो । त्यसयता सार्क शिखर सम्मेलन अनिश्चितताको भुमरीमा फसेको छ । परिस्थिति अनुकूल नभएकाले सार्क शिखर सम्मेलन सम्भव भएको छैन । दक्षिण एसियाको ठुलो र प्रभावशाली राष्ट्र भारतले नचाहेसम्म सार्कले गति पाउन सक्दैन । भारत र पाकिस्तानबिच कुनै प्रकारले समझदारी नहुँदासम्म सार्क सव्रिmय हुने अवस्था देखिएन ।

दक्षिण एसियाली देशमा कृषिको विकास, गरिबी निवारण, यातायातमा सहजता, व्यापारमा वृद्धि र एउटै मुद्रा चलाउनेसम्मको महìवाकाङ्क्षी लक्ष्य लिएर सार्कको स्थापना भएको थियो । भारत र पाकिस्तानबिच भइरहने पटक पटकको तनावले सार्क लक्ष्यमा पुग्न सकेको छैन । दुई देशबिचको तनावले सार्क प्रभावित भएको यो नै पहिलो पटक भने होइन । कारगिल युद्धका कारण ११ औँ सार्क शिखर सम्मेलन हुन चार वर्ष कुर्नु परेको थियो । त्यसअघि भारत र पाकिस्तान दुवैले परमाणु हतियारको परीक्षण गर्दाको प्रभाव पनि सार्कलाई परेको थियो । सन् २०१४ मा काठमाडौँमा तीन वर्षपछि १८ औँ शिखर सम्मेलन भएको थियो । सन् २००५ नोभेम्बरमा ढाकामा भएको १३ औँ शिखर सम्मेलनमा नेपालको प्रस्तावमा चीनले सार्कमा पर्यवेक्षकको हैसियतमा प्रवेश पायो । भारतको प्रस्तावमा अफगानिस्तान सार्कको नयाँ सदस्य भएको थियो । तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले सार्क सम्मेलनमा भाग लिनुभयो । सन् २००४ देखि २०१४ सम्मको आफ्नो कार्यकालमा सिंहले सार्कको अवस्थालाई सहज नै राख्नुभयो । सन् २०१४ मा भारतीय जनता पार्टीले चुनाव जितेपछि नरेन्द्र मोदी प्रधानमन्त्री बन्नुभयो । मोदी प्रधानमन्त्री बनेको पहिलो वर्ष काठमाडौँमा भएको सम्मेलनमा सहभागी हुनुभयो । त्यसपछि भने सार्क उहाँको प्राथमिकतामा परेन । दक्षिण एसियामा शान्ति, सहयोग र समृद्धिका लागि सार्कलाई सव्रिmय बनाउन प्रधानमन्त्री मोदीबाट विशेष पहलको अपेक्षा गरिएको छ ।