• १९ मङ्सिर २०८२, शुक्रबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

blog

काठमाडौँ, मङ्सिर १९ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ६७ पैसा र बिक्रीदर १४४ रुपियाँ २७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपियाँ ७३ पैसा र बिक्रीदर १६८ रुपियाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपियाँ ८९ पैसा र बिक्रीदर १९२ रुपियाँ ६९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपियाँ ६१ पैसा र बिक्रीदर १८० रुपियाँ ३६ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९४ रुपियाँ ९७ पैसा र बिक्रीदर ९५ रुपियाँ ३७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपियाँ ८६ पैसा र बिक्रीदर १०३ रुपियाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपियाँ ९५ पैसा र बिक्रीदर १११ रुपियाँ ४२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २९ पैसा र बिक्रीदर नौ रुपियाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ३२ पैसा र बिक्रीदर २० रुपियाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ २८ पैसा र बिक्रीदर ३८ रुपियाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ४३ पैसा र बिक्रीदर ३९ रुपियाँ ५९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ४९ पैसा र बिक्रीदर चार रुपियाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ १२ पैसा र बिक्रीदर ३९ रुपियाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ९४ पैसा र बिक्रीदर ३५ रुपियाँ ०९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७७ पैसा र बिक्रीदर नौ रुपियाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ३१ पैसा र बिक्रीदर १५ रुपियाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ४६ पैसा र बिक्रीदर २२ रुपियाँ ५५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४६ पैसा र बिक्रीदर १८ रुपियाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपियाँ ४२ पैसा र बिक्रीदर ४७० रुपियाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपियाँ ०९ पैसा र बिक्रीदर ३८२ रुपियाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपियाँ १६ पैसा र बिक्रीदर ३७४ रुपियाँ ७२ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस