शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), मङ्सिर १८ गते । सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
बुटवलबाट पोखरा जाँदै गरेको एमएचओ ४ एमएनओ ०७९३ नम्बरको कार करिब बिहीबार बिहान ५ बजे दुर्घटनामा परेको प्रहरी चौकी गल्याङले जनाएको छ ।
खोलामा पानी लिन गएका स्थानीयले दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
गल्याङ चौकीबाट खटिएका प्रहरी र स्थानीयको प्रयासमा घाइतेहरुको उद्धार गरी थप उपचारका लागि गल्याङ नगर अस्पताल लगिएको प्रहरीको भनाइ छ ।