काठमाडौँ, मङ्सिर १८ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपियाँ ०१ पैसा र बिक्रीदर १४४ रुपियाँ ६१ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १६७ रुपियाँ ९५ पैसा र बिक्रीदर १६८ रुपियाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ रुपियाँ ४३ पैसा र बिक्रीदर १९२ रुपियाँ २३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७९ रुपियाँ ९६ पैसा र बिक्रीदर १८० रुपियाँ ७१ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९४ रुपियाँ ८७ पैसा र बिक्रीदर ९५ रुपियाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिदर १०३ रुपियाँ २९ पैसा र बिक्रीदर १०३ रुपियाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ २५ पैसा र बिक्रीदर १११ रुपियाँ ७२ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रुपियाँ २६ पैसा र बिक्रीदर नौ रुपियाँ ३० पैसा, चिनियाँ युआन एकको खरिदर २० रुपियाँ ३९ पैसा र बिक्रीदर २० रुपियाँ ४७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ३७ पैसा र बिक्रीदर ३८ रुपियाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ५२ पैसा र बिक्रीदर ३९ रुपियाँ ६८ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५१ पैसा र बिक्रीदर चार रुपियाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ २१ पैसा र बिक्रीदर ३९ रुपियाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ९३ पैसा र बिक्रीदर ३५ रुपियाँ ०७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ८३ पैसा र बिक्रीदर नौ रुपियाँ ८७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ३५ पैसा र बिक्रीदर १५ रुपियाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ४९ पैसा र बिक्रीदर २२ रुपियाँ ५८ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १८ रुपियाँ ५० पैसा र बिक्रीदर १८ रुपियाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४६९ रुपियाँ ३९ पैसा र बिक्रीदर ४७१ रुपियाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपियाँ ९८ पैसा र बिक्रीदर ३८३ रुपियाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपियाँ ०५ पैसा र बिक्रीदर ३७५ रुपियाँ ६१ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ । रासस