शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर १८ गते । जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद सजाय पाएका एक फरार अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् ।
पुतलीबजार नगरपालिका –१४ पिपलडालीका ५७ वर्षीय मेगबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिनुभयो ।
२०६९ भदौ २७ गते पुतलीबजार –१४ब्रिफेनको बनमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा भुजेललाई २०७३ मङ्सिर २३ गते स्याङ्जा जिल्ला अदालतले १५ वर्ष कैद सजाय सुनाएको थियो ।
सजायपछि भुजेल विदेशतिर लुकेर बस्दै आएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।
भुजेल घरबाटै पक्राउ परेको र अदालतको आदेशअनुसार कारवाहीको लागि अगाडि बढाइएको कार्कीले बताउनुभयो ।