ब्रसेल्स (बेल्जिएम), मङ्सिर १७ गते । युरोपेली युनियनका सांसद तथा सदस्य राष्ट्रले सन् २०२७ सम्ममा युरोपेली युनियनमा रूसी ग्यासको आयातमा प्रतिबन्ध लगाउने सम्झौतामा सहमति जनाएका छन् ।
यो सम्झौताले सदस्य राष्ट्र र युरोपेली संसदबिचको संयुक्त प्रयासलाई सफल बनाएको छ जसले प्रतिबन्ध चाँडै लगाउन चाहन्थ्यो । युरोपेली परिषद्को अध्यक्षतामा युरोपेली संसद्का प्रतिनिधिले रूसी प्राकृतिक ग्यासको आयातलाई चरणबद्धरूपमा हटाउन सम्झौतामा पुगेको युरोपेली परिषद्ले एक विज्ञप्तिमार्फत जनाएको छ । यस सम्झौताकोे उद्देश्य “युरोपेली ऊर्जा बजारमा महत्वपूर्ण प्रभाव पार्ने ग्यास आपूर्तिको रूस शस्त्रीकरणपछि रूसी ऊर्जामा निर्भरता अन्त्य गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।
दीर्घकालीन सम्झौतामा प्रतिबन्ध सन् २०२७ नोभेम्बर-१ देखि पाइपलाइनद्वारा ल्याएको ग्यासकाे र सन् २०२७ जनवरी-१, देखि तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को लागि लागू हुने जनाइएको छ । छोटो अवधिका लागि सन् २०२६ अप्रिल-२५ देखि एलएनजी र सन् २०२६ जुन-१७ देखि पाइपलाइन ग्यासमा प्रतिबन्ध लगाइएको छ । रासस/एएफपी