• १७ मङ्सिर २०८२, बुधबार

दरौखोला तथा गडयौली खोलामा माछाका भुरा छाडिए

blog

गड्यौली खोलामा भुरा माछा छाडिदै । तस्बिरः अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, मङसिर १७ गते । अर्जुन चौपारी गाउँपालिकाले दरौखोला तथा गडयौली खोलामा माछाका भुरा छाडेको छ । यहाँको गड्यौली खोलामा १५ हजार र दरौखोलामा ६० हजार गरेर ७५ हजार विभिन्न जातका माछाका भुरा छाडिएका हुन् ।

गाउँपालिकाले कालीगण्डकी मत्स्य ह्याचरीसँग सहकार्य गरेर गाउँपालिका उपाध्यक्ष सपना गुरुङको नेतृत्वको छोलीले गर्दी, हाडे, ढेड, सहर जातका माछा खोलामा छाडेको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले पारिस्थितिक प्रणाली बचोस् र भोलिका दिनमा माछा मारेरै जीवन निर्वाह गरेका यहाँका नागरिकले जीविकोपार्जन गर्न सकुन् भन्ने उद्देश्यले खोलामा माछाको भुरा हालेको बताउनुभयो । 

माछाका भुरा छाड्नाले आर्थिक आर्जन सहज हुने बताउँदै अर्यालले हरेक बर्ष माछाका भुरा छाडिनेगरेको बताउनुभयो । पालिकाले खोलामा माछाका भुरा छाडेसँगै माछा मार्न अर्को सूचना नगरेसम्मका लागि रोक लगाएको छ । 

पालिकाले खोलामा माछा भुरा छाड्ने केही समयमा खोलामा जालीबाट मार्नेलाई तीनसय र बल्छी हाल्नेलाई एकसय लिएर आयआर्जन गर्दैआएको छ ।