• १७ मङ्सिर २०८२, बुधबार

गोरखापत्रकर्मी खान सम्मानित

blog

सम्मानित पत्रकारहरुका साथमा सञ्चार तथा सुचना प्रविधि मन्त्री खरेल। तस्बिर सौजन्यः नमस्कार शाह

काठमाडौं,  मङ्सिर १७ गते । गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खानलाई ३४ ओैं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बुधबार राष्ट्रिय सम्मान प्रदान गरिएको छ।

लामो समयदेखि अपाङ्गताका सवाललाई सञ्चार माध्यमबाट उजागर गरेको जनाउँदै राष्ट्रिय अपाङ्ग महासंघ नेपालले ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा  काठमाडौमा आयोजना गरिएको एक कार्यक्रममा सम्मान गरिएको हो।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा प्युठानका सञ्चारकर्मी जुमानिसंह केसीलगायत अपाङ्गता क्षेत्रमा उल्लेखनीय योगदान गर्ने विभिन्न व्यक्तिलाई मन्त्री खरेल र काठमाडौ महानगरका उपप्रमुख डंगोलले सम्मान गर्नुभयो । कार्यक्रम राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष देविदत्त आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।