• १७ मङ्सिर २०८२, बुधबार

प्रहरीद्वारा हिमाली सीमाक्षेत्रको अनुगमन

blog

हिमाली सीमावर्तीमा अनुगमन गरिँदै ।

फुङलिङ समाचारदाता 

फुङलिङ, मङ्सिर १७ गते । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले हिमाली क्षेत्रकेन्द्रित सीमानाका अनुगमन गरेको छ । प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमको कमान्डमा नौ जनाको प्रहरी टोलीले नाकाको अनुगमन गरेको हो । 

टोलीले फक्ताङ्लुङ गाउँपालिका–६ अन्तर्गतको घुन्सा, खाम्बाचेन, लोनाक हुँदै उत्तरी कञ्चनजङ्घा बेस क्याम्पसम्मको अनुगमन गरेको डिएसपी वेदप्रसाद गौतमको भनाइ छ । उहाँका अनुसार अत्यन्तै दुर्गम, हिमाली तथा सीमावर्ती क्षेत्रमा हुने चोरीको निगरानी, सुरक्षा चुनौतीको मूल्याङ्कन, विदेशी पर्यटकको गतिविधि निगरानी, अवैध हिमाली जडीबुटी तथा वन्यजन्तुको ओसारपसार नियन्त्रण र प्रहरी सेवा प्रवाह सुदृढीकरण तथा स्थानीयलाई आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यका साथ उक्त क्षेत्रमा अनुगमन गरिएको हो ।  

अनुगमनका क्रममा टोलीले स्थानीय बासिन्दा, होटेल व्यवसायी, पर्यटकसँग भेटघाट गर्दै सुरक्षासम्बन्धी सुझाव सङ्कलन गरेको छ  । साथै सार्वजनिक सेवा प्रवाह, सूचना आदानप्रदान र पहाडी तथा हिमाली क्षेत्रका नागरिकले भोग्ने समस्याबारे पनि छलफल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैव्रmममा टोलीले फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूसहित स्थानीय जनप्रतिनिधिसँग बैठक तथा अन्तव्रिर्mया  पनि गरेको छ । अन्तव्रिर्mयामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित सम्भावित सुरक्षा चुनौती, अन्तर्राष्ट्रिय सीमामा हुन सक्ने अवैध गतिविधि तथा तिनको रोकथामका उपायबारे विस्तृत छलफल भएको थियो । 

अनुगमनका क्रममा सामाजिक सुरक्षा भत्ता वितरणमा पनि प्रहरीले सहयोग गरेको थियो । कठिन भौगोलिक अवस्था, कठोर मौसम तथा लामो दुरीको यात्राका बाबजुद टोलीले निर्धारित कार्यव्रmम सफलतापूर्वक सम्पन्न गरेको बताइएको छ ।