• १७ मङ्सिर २०८२, बुधबार

विद्यालय भवनमा एक अर्बको लगानी

blog

सुलीकोट समाचारदाता

सुलीकोट, मङ्सिर १७ गते । चिनियाँ सरकारको एक अर्ब रुपियाँ लगानीमा गोरखाको सहिद लखन गाउँपालिकाको सिञ्जाली माविको अत्याधुनिक भवन निर्माण भइरहेको छ । 

सो विद्यालय भवन निर्माण हुने भनी नेपाल सरकार र चीन सरकारबिच सम्झौता भएको थियो । विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण र शिक्षा क्षेत्रमा पहुँच तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले नयाँ भवन निर्माणको काम भइरहेको सिञ्जाली माविका प्रधानाध्यापक बलनारायण श्रेष्ठले जानकारी दिनुभयो । 

चीन सरकार र सिञ्जाली माविबिच भवन निर्माणका लागि २०८१ साल मङ्सिर ४ गते सम्झौता भएको थियो । २०८३ साल मङ्सिरसम्ममा विद्यालय भवन सम्पन्न हुने गरी विद्यालयलाई हस्तान्तरण गर्ने सहमति भएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभयो । भवन निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ ।