• १७ मङ्सिर २०८२, बुधबार

कला प्रशिक्षण सुरु

blog

काठमाडौँ, मङ्सिर १७ गते । अरुपण आर्ट ग्यालरीले छमहिने निःशुल्क आधारभूत कला प्रशिक्षणका लागि १५ जना विद्यार्थी छनोट गरेको छ । सो ग्यालरीले गैरीधारास्थित टङ्गाल माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्ने चित्रकलामा रुचि राख्ने १५ जना विद्यार्थीलाई छनोट गरी कला प्रशिक्षण दिन सुरु गरेकोे हो ।

अरुपण आर्ट ग्यालरीका संस्थापक कलाकार एवं प्राज्ञ रमेश खनालले सामुदायिक विद्यालयमा अध्ययन गर्ने आर्थिक अवस्था कमजोर, जेहेनदार विद्यार्थीलाई छनोट गरी निःशुल्क कला प्रशिक्षण दिँदै आएको जानकारी दिनुभयो । उहाँले बालबालिकालाई कला प्रशिक्षण दिन थालेको यस पटक ११ औँ शृङ्खला हो, कला प्रशिक्षणको १० औँ शृङ्खलासम्ममा अरुपण आर्ट ग्यालरीमा १३० जनाले  कला प्रशिक्षण लिएको बताउनुभयो ।