• १७ मङ्सिर २०८२, बुधबार

अनुसिया र निर्वेश विजेता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १७ गते । सांस्कृतिक पहिचान, भाषा, लिपि र परम्पराको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको सौन्दर्य प्रतियोगिता ‘नेवा मैचा बौचा नेपाल संवत् ११४६’ मा नेवा मैचातर्फ अनुसिया मानन्धर र नेवा बौचातर्फ निर्वेश श्रेष्ठले उपाधि जित्नुभएको छ । निर्वेशले विधागततर्फको पर्सनालिटी अवार्डको पनि हात पार्नुभयो । प्रतियोगितामा नेवा मैचातर्फ समाना महर्जन फस्ट रनरअपसहित मल्टिमिडिया विजेता बन्नुभयो । नेरिशा महर्जन सेकेन्ड रनरअप बन्नुभयो । नेवा बौचातर्फ अथर्व प्रधान फस्ट रनरअप र अनम दर्शी वज्राचार्य सेकेन्ड रनरअप घोषित हुनुभयो ।

शिक्षाविद् रामेश्वर श्रेष्ठ, मोडल तथा नायिका सृष्टि महर्जन, गायक उजन शाक्य, न्यु जेनिथ इङ्ग्लिस मोर्डन स्कुलका संस्थापक प्रिन्सिपल राजु महर्जन र रञ्जना लिपिविज्ञ लालिमा श्रेष्ठ निर्णायकमा हुनुहुन्थ्यो । प्रतियोगिताको फेसन कोरियोग्राफर रोहिया महर्जन, डान्स कोरियोग्राफर सितु महर्जन र डिनाज फेसन हाउसकी डिना गुरुङले ड्रेस डिजाइनर गर्नुभएको हो । कलाकार नारायदेवी प्रधान प्रमुख अतिथि रहनुभएको प्रतियोगितामा सहभागी बालबालिकाले आफ्नो सांस्कृतिक ज्ञान, व्यक्तित्व, अनुशासन, प्रतिभा र प्रस्तुतीकरणका आधारमा प्रतिस्पर्धा गरेका थिए ।