शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), मंसिर १६ गते । बर्दियाको बारबर्दिया नगरपालिकामा चितुवाले आक्रमण गर्दा एक युवती घाइते हुनुभएको छ । बारबर्दिया नगरपालिका –४ जगतियाकी १८ वर्षीया अजिता थारू घाइते हुनुभएको हो ।
साँझ करिब ५ बजे घरनजिकै रहेको खेतमा पराल लिन जाँदा परालमा लुकेर बसेको चितुवाले थारूलाई आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरेको देखेपछि स्थानीयले होहल्ला गरेर चितुवाबाट युवतीलाई छुटाएको स्थानीयले बताएका छन् । चितुवाको आक्रमणबाट घाइते भएकी थारूलाई तत्काल उपचारका लागि परिवारले बर्दिया अस्पताल गुलरियामा लगेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताउनुभयो ।