• १६ मङ्सिर २०८२, मङ्गलबार

एनपिएलः अर्धशतकको सङ्ख्या २६ पुग्यो

blog

मंगलबार एनपिएलमा २६ औं अर्धशतक बनाउनुभएका कर्णाली याक्सका मार्क वाट। एनपिएल

काठमाडौँ, मङ्सिर १६ गते । नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतकको सङ्ख्या २६ पुगेको छ । कर्णाली याक्सका  मार्क वाटले  आज ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या २६ पुगेको हो ।

यसअघि जारी सिजनमा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै एडम रोसिङटन र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई÷दुई अर्धशतक हिर्काएका छन् ।

यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, इशान पाण्डे, विराटनगर किङ्ग्सका  लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका  सुमित बर्माले, जिमी निशम, चितवनका  डेविड मलान र अर्जुन साउद, काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका अनिल शाह, वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत र आशिफ शेखले एक÷एक अर्धशतक हिर्काएका छन् । 

कर्णालीका मार्क वाट जारी प्रतियोगितामा पहिलो शतक प्रहार  गर्दा पोखरा एभेन्जर्सका एडम रोसिङटनले दोस्रो शतक हिर्काएका छन् । यो सिजन दुई शतक पूरा हुँदा २६ अर्धशतक बनेका हुन् ।