• १६ मङ्सिर २०८२, मङ्गलबार

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

blog

एमालेमा प्रवेश गर्नुभएको लामालाई पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बोले स्वागत गर्नुहुँदै।तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू 

फुङलिङ, मङ्सिर १६ गते। जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा एमालेमा प्रवेश गर्नुभएको छ।मङ्गलबार दिउँसो एमाले पार्टी कार्यालय पुग्नुभएका उहाँलाई पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बोलगायतले खादा, माला लगाएर पार्टीमा स्वागत गर्नुभएको हो। 

लामासँगै मेरिङदेन गाउँपालिका पूर्व प्रवक्ता सूर्य बराइली र अन्य कार्यकर्ता पनि पार्टीमा फर्किनुभएको राष्ट्रिय जनसांस्कृतिक महासङ्घ ताप्लेजुङका अध्यक्ष हेमराज निरौलाले जानकारी दिनुभएको छ। नेकपा एसबाट जिल्ला समन्वय समिति प्रमुख हुनुभएका लामा एस र माओवादी केन्द्र समेतले नेपाली कम्युनिष्ट पार्टी बनाएपछि एमालेमा फर्किनुभएको हो ।

उहाँले आफूले एमालेमा कुनै पद नमागेको दाबी समेत गर्नुभयो।लामा एमाले विभाजनपछि नेकपा एसको जिल्ला अध्यक्षसमेत हुनुभएको थियो।