• १६ मङ्सिर २०८२, मङ्गलबार

सुनचाँदी बजारः सुन घट्यो, चाँदी बढ्यो

blog

काठमाडौँ, मङ्सिर १६ गते ।   अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ आज केही घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५३ हजार ३०० कायम भएको छ । आज चाँदीको मोल भने बढेर तोलामा रु.  तीन हजार ५४५ निर्धारण भएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला रु. दुई लाख ५३ हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी रु. तीन हजार ५३५ मा कारोबार भएको थियो । रासस