• १६ मङ्सिर २०८२, मङ्गलबार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, मङ्सिर १६ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरोलगायतका विदेशी मुद्राको मूल्य आज भने वृद्धि भएको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ९८ पैसा र बिक्रीदर १४३ रुपियाँ ५८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपियाँ ३१ पैसा र बिक्रीदर १६७ रुपियाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपियाँ १६ पैसा र बिक्रीदर १८९ रुपियाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपियाँ १३ पैसा र बिक्रीदर १७८ रुपियाँ ८८ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपियाँ ६८ पैसा र बिक्रीदर ९४ रुपियाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपियाँ २६ पैसा र बिक्रीदर १०२ रुपियाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपियाँ ४० पैसा र बिक्रीदर ११० रुपियाँ ८६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २१ पैसा र बिक्रीदर नौ रुपियाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ २२ पैसा र बिक्रीदर २० रुपियाँ ३० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ १० पैसा र बिक्रीदर ३८ रुपियाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ २४ पैसा र बिक्रीदर ३९ रुपियाँ ४० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ४७ पैसा र बिक्रीदर चार रुपियाँ ४९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ९३ पैसा र बिक्रीदर ३९ रुपियाँ ०९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ६१ पैसा र बिक्रीदर ३४ रुपियाँ ७६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७४ पैसा र बिक्रीदर नौ रुपियाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ १७ पैसा र बिक्रीदर १५ रुपियाँ २४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ २७ पैसा र बिक्रीदर २२ रुपियाँ ३६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपियाँ ३६ पैसा र बिक्रीदर १८ रुपियाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपियाँ ९८ पैसा र बिक्रीदर ४६७ रुपियाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर ३७९ रुपियाँ २६ पैसा र बिक्रीदर ३८० रुपियाँ ८५ पैसा, ओमनी रियाल एकको खरिददर ३७१ रुपियाँ ३७ पैसा र बिक्रीदर ३७२ रुपियाँ ९३ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस