मुक्तिनाथ (मुस्ताङ), मङ्सिर १६ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मुस्ताङले एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत रूपमा टुङ्गो लगाएको छ । यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनका लागि पाँच जनाको प्रतिनिधिका लागि सबै क्लस्टरबाट सर्वसम्मत प्रतिनिधि छनोट भएको नेकपा एमाले मुस्ताङका अध्यक्ष दिपक लालचनले बताउनुभयो ।
जिल्ला अध्यक्ष लालचनका अनुसार प्रमेश गुरूङ,टासी नोर्बु गुरूङ, युवातर्फ सम्राट गौचन,दलितर्फ बिनोद विसी, महिला छिरिङ ल्हामो गुरूङ रहनुभएको छ । मुस्ताङबाट छनौट भएका अधिकांस यूवा नेताहरु रहेका छन् ।
प्रतिनिधि छनोटमा धेरै आकाङ्क्षी भएपनि आवश्यक छलफलपछि टुङ्गिएको जिल्ला अध्यक्ष लालचनको भनाइ छ साविकको धौलागिरी क्षेत्रका चार जिल्लामध्ये मुस्ताङको प्रतिनिधि छनोट बिलम्ब भएको थियो । यस अघि म्याग्दी, बागलुङ र पर्वतको प्रतिनिधि छनोट भइसकेको छ ।