• १६ मङ्सिर २०८२, मङ्गलबार

आर्थिक पत्रकार सम्मानित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १६ गते । सेजन दिवसका अवसरमा विभिन्न विधामा आर्थिक पत्रकारलाई पुरस्कार तथा अवार्ड प्रदान गरिएको छ ।  

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा आर्थिक पत्रकारलाई अवार्ड वितरण गरिएको हो । जस अनुसार यस वर्षको सेजन अवार्ड अनलाइन खबर डटकमका पत्रकार भुवन पौडेल र नयाँ पत्रिका दैनिकका पवन तिमिल्सेनालाई प्रदान गरिएको छ ।

यस्तै सेजन अवार्ड छापा माध्यमतर्फ कान्तिपुर दैनिकका विमल खतिवडा र डिजिटल मिडियातर्फ बिजमान्डु डटकमका सुनील कुँवरले अवार्ड प्रदान गरिएको छ । 

त्यसै गरी डा. भोला चालिसे लिबरल जर्नालिजम अवार्ड–२०८२ नेपाल न्युज डटकमका उद्धव थापा र अन्नपूर्ण पोस्ट दैनिककी सुनिता कार्कीलाई प्रदान गरिएको छ । समारोहमा स्व. सञ्जय न्यौपानेको स्मृतिमा स्थापना गरिएको सञ्जय न्यौपाने लेखनवृत्ति पुरस्कार–२०८२ गोरखापत्र दैनिकका भेषराज बेल्बासेलाई प्रदान गरिएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले अवार्ड विजेता पत्रकारलाई नगद र प्रमाणपत्रसहित सम्मान गर्नुभयो ।