शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर १५ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमसँग नेपालका लागि श्रीलङ्काका राजदूत रुवान्थी डेलपिटियाले आज शिष्टाचार भेट गर्नुभएको छ ।
भेटका क्रममा, श्रीलङ्कामा भर्खरै ‘डिट्वा’ समुद्री आँधीको प्रभावले आएको बाढीबाट भएको क्षतिबारे राजदूत डेलपिटियाले जानकारी गराउनुभयो । साथै, उहाँले नेपाल सरकारले हालसम्म गरेको सहयोगप्रति धन्यवाद दिँदै थप सहयोगका लागि पनि अनुरोध गर्नुभयो ।
स्वास्थ्यमन्त्री गौतमले श्रीलङ्कामा हालसालै सो प्रकोपबाट हुन गएको धनजनको क्षतिप्रति श्रीलङ्का सरकार तथा जनताप्रति गहिरो दुःख र समवेदना व्यक्त गर्नुभयो ।
साथै उहाँले विपद्को यस अवस्थामा थप स्वास्थ्य सामग्रीलगायतका सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।