शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर १५ गत । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय लिग फुटबल पुस २५ गतेबाट सुरु गर्ने भएको छ ।
एन्फा कार्यसमितिको सोमबार बसेको आपत्कालिन बैठकले राष्ट्रिय लिग पुसमा गर्ने निर्णय गरेको हो । यस्तै बैठकले शहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने निर्णय पनि गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको बैठकले राष्ट्रिय लिग सम्पन्न भएको एक महिनापछि शीर्ष डिभिजनको शहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने निर्णय गरेको हो ।
