• १५ मंसिर २०८२, सोमबार

फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण

blog

बालमन्दिर आधारभूत विद्यालयका फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिँदै । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू

फुङलिङ, मङ्सिर १५ गते । ताप्लेजुङको फुङलिङस्थित बालमन्दिर आधारभूत विद्यालयका फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । फुङलिङ नगरपालिका–४ मा रहेको उक्त विद्यालयका फरक क्षमताका विद्यार्थीलाई छोक्याला उक्यापको परिवारले न्यानो कपडा वितरण गरेकाे हो ।

आइतबार एक कार्यक्रमको आयोजना गरी फुङलिङ नगरपालिका–५ निवासी छोक्याला उक्यापको परिवारले करिब ७५ हजार मूल्य बराबरको ज्याकेट विद्यार्थीलाई प्रदान गरेको विद्यालयका प्रधानाध्यापक धर्म पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार छोक्यालाका श्रीमती दिकिला र छोरी फुटिलाले जाडोको समयमा राहत मिलोस् भनेर न्यानो कपडा वितरण गर्नुभएको हो ।

कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङ्वोको उपस्थितिमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको प्रधानाध्यापक पौडेलको भनाइ छ । यस्तै कार्यक्रममा फुङलिङ नगरपलिका–४ का वडाध्यक्ष दुर्गा पालुङको पनि उपस्थिति रहेको थियो ।