काठमाडौँ, मङ्सिर १५ गते । पहिचान पुरस्कार कोषले यस वर्ष वरिष्ठ कवि वैरावी काइँलालाई ‘पहिचान सम्मान’ दिने भएको छ । प्रत्येक पाँच वर्षमा दिइने यो पहिचान सम्मान यस वर्ष कवि, मुन्धुमविद एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति काइँलालाई प्रदान गरिने भएको छ । सम्मानको राशी ५ लाख दुई हजार दुई रुपियाँ र ताम्रपत्र रहेको छ ।
त्यस्तै पहिचान युवा सम्मान यस वर्ष कवि गणेशकुमार राई (गिलु रातोस)लाई प्रदान गरिने भएको छ । युवा सम्मानको राशी ५० हजार दुई सय दुई रुपियाँ छ र ताम्रपत्र रहेको पहिचान पुरस्कार कोषले जनाएको छ ।
यसअघि लेखक तथा राजनैतिक विश्लेशक खगेन्द्र संग्रौलालाई पहिचान सम्मान प्रदान गरिसकेको छ । कोषले निरन्तर चार वर्ष पहिचान पुरस्कार दिने गर्दछ भने प्रत्येक पाँच वर्षमा पहिचान सम्मान दिँदै आएको छ । ४० वर्ष मुनिका युवाहरूलाई पहिचान युवासम्मान यस वर्षदेखि दिन घोषणा गरेको छ ।