अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर ११ गते । कालीगण्डकी ‘ए’ मस्य ह्याचरी सेवाले आँधीखोला र कालीगण्डकी ए, आँधीमुहान ड्याम साइडमा दुई लाख २८ हजार माछाका भुरा छोड़ेको छ ।
प्राकृतिक सन्तुलन जोगाउन तथा परम्परागत बोटे समुदायको पेसा संरक्षण गर्न हरेक वर्षझै यस वर्ष पनि ह्याचरी सेवाले आँधीखोला र कालीगण्डकी एमा भुरा छोडेको हो । यहाँ यस वर्ष पनि गर्दी, हाडे, ढेड, सहर, कत्ले जातका माछाका भुुरा छोडिएको हो ।
स्थायी रूपमा घट्दै गएको जलचर सङ्ख्या पूर्तिका लागि गरिएको यो अभियानले नदीमा माछाको उत्पादन वृद्धि गर्नुका साथै माछा मारेरै जीवन निर्वाह गर्दै आएका बोटे तथा माझी समुदायलाई ठुलो राहत मिल्ने अपेक्षा गरिएको छ ।
कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलले भुरा छाड्ने कार्यक्रम प्राकृतिक चक्रलाई सन्तुलित राख्न र समुदायकै जीविकोपार्जन सुरक्षित गर्नका लागि गरिएको बताउनुभयो ।
प्राधिकरणले स्थापना कालदेखी मस्य ह्रयाचरी निमार्ण गरेर भुरा उत्पादन गरेर हरेक वर्ष कालीगण्डकी,आँधीखोाला तथा अन्य नदीहरूमा भुुरा छोडने गरेको छ । विभिन्न ठाँउमा ड्याम निमार्ण हुदा माछा तल देखि माथि र माथिबाट तल झर्नेक्रम रोकिन नदिन वार्षिक रूपमा माछाका भुुरा छोडीने गरेको प्राधिकरणले जनाएको छ ।