शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर ११ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले बलिङ राजेको छ । टस हारेको लुम्बिनीले ब्याटिङको निम्तो पाएको छ ।
लिगमा अपराजित सुदूरपश्चिम आफ्नो लय कायम राख्ने तयारीमा छ । यता लुम्बिनी सुदूरपश्चिमलाई रोक्दै प्लेअफतर्फ लम्कने प्रयासमा छ ।
अघिल्ला तीन खेलमा अपराजित सुदूरपश्चिम ६ अङ्कसहित तालिकाको शीर्षस्थानमा छ । तीन खेलमा एउटा मात्र जित निकालेको लुम्बिनी दुई अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ ।