शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बोमलाल गिरी
नवलपुर, मङ्सिर ११ गते । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–४, नयाँ गाउँमा अचेत अवस्थामा भेटिएका १६ वर्षीय युवकको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार विनयी त्रिवेणीको कोल्टाडी निवासी चन्द्र सारु मगरको छोरा सलोनको मृत्यु भएको हो ।
बिहीबार बिहान स्थानीयले सडकमा अचेत अवस्थामा लडिरहेको देखेपछि उहाँलाई तत्काल उद्धार गरी उपचारका लागि सर्दीको लुम्बिनी मेडिकलमा लगेका थिए । उहाँलाई थप उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा बिहान चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । उहाँको शरीरमा बाहिरी चोटपटक नदेखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।