• ११ मंसिर २०८२, बिहिबार

आधारभूत प्रशिक्षण कार्यक्रम सम्पन्न

blog

गैँडाकोट, मङ्सिर ११ गते । पूूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका वडा नं. १ र २ मा एकहप्ते मगर भाषा, अक्खा लिपि आधारभूत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । लाफा महिला आमा समूहको गैँडाकोट–१ स्थित बुद्ध विहार ग्याचो डाँडामा सम्पन्न गरिएको हो । नेपाल मगर सङ्घ नगर समितिको समन्वय, नेपाल मगर लेखक सङ्घ नगर समितिको सहकार्य र सहिद लखन थापामगर भेजा संस्थाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

सात दिनसम्म चलेको कार्यक्रममा गैँडाकोट नगरपालिका–१ का वडा सदस्य चेलीमाया सारुमगर, नेपाल मगर लेखक सङ्घ गण्डकी प्रदेशका अध्यक्ष खड्काबहादुर आलेमगर, नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति उपाध्यक्ष दुर्गाबहादुर मासरङ्गी मगर, नेपाल मगर लेखक सङ्घ नगर समितिका अध्यक्ष टीकाराम सारुमगरलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रम एक हप्ता चलेकोे थियो ।