• ९ मंसिर २०८२, मङ्गलबार

पाँच सर्जक सम्मानित

blog

तानसेन, मङ्सिर ९ गते । पाल्पाका पाँच जना साहित्यकार तथा लेखकलाई सम्मान गरिएको छ । पाल्पा साहित्य समाजको ३१ औँ वार्षिकोत्सवको अवसरमा साहित्यकार र लेखकलाई सम्मान गरिएको हो । 

समाजले साहित्यकार प्राडा प्रकाशराज रेग्मी, वरिष्ठ साहित्यकार होमनाथ काफ्ले, शिक्षाविद् तथा लेखक बुद्धिप्रसाद शर्मा, साहित्यकार रामप्रसाद अर्याल र प्रमी श्रेष्ठलाई सम्मान गरिएको हो । 

सम्मानित पाँचै जना सर्जकलाई पाल्पाका प्रमुख जिल्ला अधिकारी विनु वज्राचार्यले सम्मानपत्र प्रदान गर्नुभयो । कार्यक्रममा साहित्यकार तथा चिकित्सक प्रकाशराज रेग्मीले लेख्नुभएको ‘मुटुका कुरा’ कृतिमाथि समीक्षा गरिएको थियो ।