• ७ मंसिर २०८२, आइतबार

साताव्यापी विवाहपञ्मी महोत्सव : आज चौथो दिन तिलकोत्सव

blog

साताव्यापी विवाहपञ्मी महोत्सर्वअन्तगत आयोजित धनुष यज्ञ कार्यक्रम भगवान राम सिता र लक्ष्मणका प्रतिक । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 
जनकपुरधाम, मङ्सिर ७ गते ।
त्रेता युगमा मर्यादा पुरुषोतम भगवान राम र जगत जननी माता सिताबिच भएको विवाहको सम्झनामा प्रत्येक वर्ष जनकपुरधाममा मनाइने साताव्यापी राम जानकी विवाहपञ्मी महोत्सवको आज चौथो दिन आइतबार भगवान रामको तिलकोत्सव कार्यक्रम हुने छ ।

तिलकोत्सवका लागि जनकपुरधामको जानकी मन्दिरबाट पाहुर (भार) सहित साधु सन्तर र श्रद्धालुहरु बाजागाजासहित दिउँसो राम मन्दिर जाने कार्यक्रम रहेको छ । प्रत्येक वर्ष राम मन्दिरको प्राङ्गनमा स्थानीय महाविर युवा कमिटीले तयार पारेको मञ्चमा तिलकोत्सव कार्यक्रम हुने गर्छ ।

सो कार्यक्रममा राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ राम तपेश्वर दास र भगवान रामको बुवा दसरथको भूमिकामा राम मन्दिरका महन्थ राम गिरीले भूमिका निर्वाह गर्दै समधी मिलनको कार्यक्रम हुने आयोजकले जनाएको छ । कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका उच्च अधिकारी, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाज, पत्रकार र श्रद्धालु भक्तजनको सहभागिता रहने छ । सो अवसरमा मैथलानी महिलाहरुले लोक भाकाका मंगल गानहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

तिलकोत्सव कार्यक्रम हेर्नका लागि हजारौंको सङ्ख्यामा नेपाल भारतका आम नागरिकको सहभागिता रहने गरेको छ । यस अघि शनिबार जनकपुरधामको रंगभूमि मैदान बारह बिग्हामा धनुष यज्ञ कार्यक्रम सम्पन्न भएको थियो ।

भगवान रामको प्रतिकको रुपमा रहेका बालकले धनुष भाँच्दा माता सिताको प्रतिको रुपमा रहेको बालिकाले उनको गलामा माला डालेका थिए । कार्यक्रम हेर्न आएका श्रद्धालुहरुले तालि बजाँउदै फुलको वर्षा गरेका थिए । त्रेता युगमा राजा जनकले भगवान शिवको धनुष भाँच्न सक्ने विर पुरुष सँग मात्रै आफ्नो छोरीको विवाह गर्ने गरेको प्रतिज्ञ पूरा गर्नका लागि भगवान रामले धनुष भाँचेको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ कार्यक्रममको आयोजना गर्ने गरिएको छ ।

त्रेता युगमा भएको भगवान राम र सिताको फुलवारीमा भेट भएर प्रेम भएको प्रशंगलाई दर्शाउँदै यस अघि शुक्रबार फुलवारी लिला कार्यक्रमको आयोजना गरिएको थियो । सात दिवसिय कार्यक्रमअन्तर्गत आइतबार तिलकोत्सव, सोमबार माता सिताको मटकोर र मङ्गलबार राम सिताको स्वमबर र वैवाहिक कार्यक्रमको आयोजना हुने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले जानकारी दिनुभयो ।

कात्तिक शक्ल पञ्चमीका दिन हुने राम सितको वैवाहिक कार्यक्रम हेर्नका लागि नेपाल भारतको विभिन्न स्थानवाट लाखौको सङ्ख्यमा श्रद्धालुहरु आउने गरेको र उनीहरुको वासको लागि विभिन्न संघ संस्थाहरुले पण्डाल निमार्णदेखि खानपिनको व्यवस्थापनमा लागेको छ । विवाहपञ्चमी महोत्सवलाई ध्यानमा राखेर जनकपुरधाम नगर क्षेत्र भित्र स्थानीय प्रशासनले आइतबारदेखि बुधबारसम्म माँस मदिरा बेच बिखन बन्द गरेको छ भने नगर भित्रको सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । नेपाली सेनासहित विभिन्न संघ संस्थाले विवाहपञ्चमीको अवसरमा जनकपुरधामको विभिन्न ठाँउमा स्वास्थ्य शिविरको आयोजना गर्न लागेको जनाएको छ ।