शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर १ गते । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा उहाँले साविक विजेता जनकपुर बोल्ट्स तथा काठमान्डु गोर्खाजका खेलाडीसँग परिचय गर्नुभएको थियो ।

उद्घाटन समारोहलाई आकर्षक बनाउन खेल सुरू हुनुअघि हेलिकाेप्टरबाट मैदानमा पुष्पवृष्टि गरिएको थियो।

उद्घाटनसँगै लिगको औपचारिक सुरूआत भएको छ। पहिलो खेल जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबिच हुने आयोजनाले जनाएको छ।