शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बाँके, मङ्सिर १ गते । गत कात्तिक २३ गतेदेखि पूर्वी नेपालको झापाबाट सुरु भएको साइकल यात्रा बाँके पुगेको छ ।
झापा भद्रपुर ७ का जीवनकुमार श्रेष्ठ, देवीबहादुर श्रेष्ठ, ५ का मनोज सिंह, ४ का समीर पोखरेल र हल्दिबारी २ का विश्वचन्द्र महतो झापाबाट साइकलयात्रा सुरु गरेको आठौं दिनमा बाँके प्रवेश गर्नुभएको हो । भद्रपुर साइकल समाजको नाममा यात्रा सुरु गरिएको हो ।
साइकल यात्रामा सहभागी हुनु भएका जीवनकुमार श्रेष्ठ भद्रपुर नगरपालिकाका निवर्तमान नगर प्रमुख र भद्रपुर साइकल सोसाइटीका अध्यक्षसमेत हुनुहुन्छ ।
झापाका साइकलयात्रीलाई बाँकेका साइकल अभियन्ता सतीश निरौला र रमेशकुमार मल्लले ढकेरीमा स्वागत गर्दै पश्चिमतर्फको यात्राका लागि सफलताको शुभकामना व्यक्त गर्नुभयो । पछिल्लो समय पर्या पर्यटन लगायतको सन्देश दिन साइकल यात्रामा निस्कनेहरुको सङ्ख्या बढ्दो क्रममा छ ।