• १ मंसिर २०८२, सोमबार

मनोज स्मृति महिला भलिबल पुसमा

blog

काठमाडौँ, मङ्सिर १ गते । स्वर्गीय मनोज श्रेष्ठ स्मृति कप बागमती प्रदेश अन्तरजिल्ला महिला भलिबल प्रतियोगिता पुसमा हुने भएको छ । 

जिल्ला भलिबल सङ्घ धादिङको आयोजनामा पुस ९ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बागमती प्रदेशका जिल्ला र उत्कृष्ट टिमको सहभागिता रहनेछ ।  

प्रतियोगिताको विजेता टिमलाई उपाधिसहित दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुने टिमलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक एवं जिल्ला भलिबल सङ्घ धादिङका अध्यक्ष अमृत गुरुङ (तिलक)ले जानकारी दिनुभयो ।

यस्तै ब्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ । सहभागी टिमलाई दर्ता शुल्क १० हजार रुपियाँ राखिएको आयोजकले जनाएको छ ।