शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक २९ गते । छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिता माघ ९ देखि १९ गतेसम्म पोखरामा हुने भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा अन्तर्राष्ट्रिय क्लबस्तरीय पुरुष र महिलाको भलिबल प्रतियोगिता हुने शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले ६ लाख ६६ हजार ६ सय, उपविजेताले तीन लाख ६६ हजार ६ सय ६६ र तेस्रो हुने टोलीले एक लाख ६६ हजार ६ सय ६६ रुपियाँ पुरस्कार पाउनेछ ।
यस्तै सर्वोत्कृष्ट खेलाडीलाई २६ हजार ६ सय ६६ तथा ब्यक्तिगत विधाका उत्कृष्टलाई ११ हजार ६ सय ६६ रुपियाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्कृष्ट क्लबको सहभागिता रहने बताईएको छ ।